नेपाली कांग्रेसको प्रतिबद्धता असल शासन र जवाफदेहिता

काठमाडौँ । नेपाली कांग्रेसले असल शासनका मुलभूत तत्व नीति, संरचना, प्रक्रिया र संयन्त्रलाई समन्वय गरी लागू गर्ने प्रतिबद्धता जनाएको छ । स्थानीय तहको निर्वाचनका लागि आइतबार जारी घोषणापत्रमा स्थानीय तहमा असल शासन सार्वजनिक सेवा प्रवाह एवं चुस्त कार्यप्रणालीका लागि महत्वपूर्ण स्तम्भका रुपमा रहने उल्लेख गरिएकोे होे ।

असल शासन र जवाफदेहिता एक–अर्काका अभिन्न अङ्ग भएकाले यसलाई पूर्णरुपमा पालना गर्ने कांग्रेसको प्रतिबद्धता छ ।स्थानीय सरकारले सरकार सञ्चालनका क्रममा नागरिकलाई प्रत्यक्ष सहभागी गराउनुपर्ने र नागरिक पनि सरकारको प्रक्रियामा सहभागी हुनुपर्नेमा जोड दिइएको छ । “स्थानीय सरकार जवाफदेही हुनुपर्छ भने नागरिकले खबरदारी गर्नुपर्छ । स्थानीय सरकारको आधारभूत सिद्धान्त र प्रस्तावना पनि यही हो, नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सम्पूर्ण स्थानीय सरकार जनताप्रति उत्तरदायी र जवाफदेही हुनेछन्”–घोषणापत्रमा भनिएको छ । स्थानीय तहले सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक काम गर्ने घोषणा पत्रमार्फत् सार्वजनिक गरिएको र यसका लागि जनताले निरन्तर खबरदारी गर्न पनि पार्टीले आह्वान गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *