पूर्वगभर्नर रावललाई सम्मान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७ औं वार्षिक उत्सवमा विभिन्न समयमा उत्कृष्ट कार्य गरेका कर्मचारीहरूलाई सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा नेपालको अर्थतन्त्र विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पूर्वगभर्नर तिलकबहादुर रावललाई सम्मान गरेको छ । उनी कार्यक्रमको विशेष अतिथि पनि हुन् ।

साथै सेवा निवृत प्रशंसापत्रबाट १० कार्यकारी निर्देशकहरूलाई पनि सम्मान गरेको छ । सम्मानित हुने कार्यकारी निर्देशकहरूमा जनक अधिकारी (स्वर्गीय), भिष्मराज ढुङ्गाना, झलक शर्मा आचार्य, नारायणप्रसाद पौडेल, नरबहादुर थापा, सुनिल उदास, सरिताभट्ट अधिकारी, लक्ष्मी प्रपन्न निरौला, महेश्वरलाल र भुवन कँडेल छन् । पुरस्कृत भएका सबै कार्यकारी निर्देशकहरू २०७६ सालपश्चात् सेवा निवृत भएका बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *