म बदलावमा विश्वास गर्छु

म बदलावमा विश्वास गर्छु ।
किनकि समाजको रुपान्तरण जरूरी छ ।
नेपालको विकास र समृद्धि जरूरी छ ।
देशको गौरव, सम्मान र श्रेष्ठता जरूरी छ ।

अब हामी सपनामा पनि अर्काको शहरको रहर हैन्,
आफ्नै गाउँ(ठाउँलाई सुन्दर शहर बनाउन जरूरी छस
किनकि तपाई हामीलाई स्वीजरलैंड र सिंगापुर हैन,
नेपाललाई नै अझ समृद्ध नेपाल बनाउन जरूरी छ ।

हामीलाई गरीबी, पछौटेपन र अभाव हैन्,
अब सम्पन्नता, विकास र वैभव जरूरी छ ।
हामीलाई कसैको हेपहा दाया र दासत्व हैन,
आत्मनिर्भरता र आत्मस्वभिमान जरूरी छ ।

हाम्रो विरासतले भन्छ, हामीले चाहेको गर्न सक्छौं,
त्यसैले, देशमैं शिक्षा, स्वास्थ्य र रोजगारी सम्भव छ ।
स्थीरता, सुशासन, सदाचार र सम्मान सम्भव छ ।
विकसित र बदलिएको नयाँ नेपाल निर्माण सम्भव छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *