ज्योति लाइफ इन्स्योरेन्सले शुरु गर्यो ‘गो डिजिटल’ क्याम्पेन

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल’ क्याम्पेन शुरु गरेको छ । इन्स्योरेन्सले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्धेश्यले उक्त क्याम्पेनको शुरुवात गरेको हो ।

यो क्याम्पेनको पहिलो कार्यक्रम बाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यका भित्रका ५० भन्दा बढी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको उपस्थितमा सम्पन्न भएको थियो । कार्यक्रममा कम्पनीका सूचना प्रविधि विभाग प्रमुखले ज्योति लाईफले उपयोगमा ल्याएका स्मार्ट एप, अनलाईन मार्फत बीमाशुल्क भुक्तानी, क्यूआर कोड मार्फत बीमा शुल्क भुक्तानी, अनलाइनबाट नै जीवन बीमा गर्ने तरिका, बैदेशिक रोजगार बीमालेख लिने तरिका, ज्योतिबटको माध्यमबाट आफुलाई आवश्यक परेको जानकारी मोबाइलबाट सजिलै लिन सकिने विषय जस्ता विविध डिजिटल प्रविधिहरुको बारेमा जानकारी दिए ।

त्यस्तै, इन्स्योरेन्सले सहभागिहरुसंग दैनिक जिवनमा आइपर्ने कार्यमा डिजिटल च्यानलको उपयोग सम्बन्धमा अन्तक्रिया समेत गरिएको थियो । सोही कार्यक्रम मार्फत अभिकर्ताहरुलाई उपयोगि हुने भिडियो समेत सार्बजनिक गरेको इन्स्योरेन्सले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *