एक दिन छुट्टै समय नछुट्याए एमालेले छलफलमा भाग नलिने

काठमाडौं । एमाले सांसद खगराज अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिपक्षले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विषयमा एक दिनको समय दिन सभामुख र अर्थमन्त्रीसँग माग गरे पनि चारवटा मन्त्रालयलाई एकैपटक छलफल चलाइएको भन्दै आपत्ति जनाए ।

उनले चारवटा मन्त्रालयलाई एकैपटक छलफलका लागि अगाडि बढाइए भाग नलिने एमालेको अडान रहेको बताए । सांसद अधिकारीको मागपछि सभामुख अग्निप्रसाद सापकोटाले सो मन्त्रालयबारे छुट्टै समय मिलाएर कार्यसूची बनाउन संसद् सचिवालयलाई निर्देशन दिइएको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *