नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंक लिमिटेडको संस्थापक सेयर बोलकबोल खोलिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंक लिमिटेडको संस्थापक समूहको शेयर बोलकबोल खोलिने भएको छ । ग्लोबल आइएमई क्यापिटलले एक सूचना जारी गर्दै बोलकबोल खोलिने जानकारी दिएको हो ।

यसअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ७ गतेदेखि र एनआईसी एसिया बैंकले ८ गतेदेखि १६ गतेभित्र ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिभित्र प्राप्त भएका बोलपत्रहरु आज संस्थापक सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौंमा बिहान १० बजेदेखि भईरहेको छ ।

जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९७ हजार ९२१ कित्ता र एनआईसी एसिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर क्रमश रू। ७०० र ४५० मा विक्री गरिने सम्बन्धमा छलफल भईरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *