उपसभामुखमा गठबन्धनबाट काँग्रेसकी पुष्पा भुसालको उम्मेदवारी दर्ता

उपसभामुखमा गठबन्धनबाट काँग्रेसकी पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।

भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार उपसभामुख निर्वाचनका लागि ३१ असारमा मतदान गर्ने कार्यसूची सार्वजनिक गरेका थिए । सोहीअनुसार कांग्रेस नेतृ भुसालले मनोनयन दर्ता गरेकी हुन् ।

भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी छिन् । प्रमुख प्रतिपक्ष एमालेले भने उपसभामुखको मनोनयन दर्ता गर्ने कि नगर्ने भन्ने कुनै निर्णय गरिसकेको छैन ।

दुई वर्षअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको छ । यो संसदको कार्यकाल मात्र चार महिना बाँकी छँदा उपसभामुखको निर्वाचन हुन लागेको हो ।

उपसभामुखको निर्वाचन तालिका

प्रतिनिधिसभाको रिक्त उपसभामुख पदमा यही असार ३१ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरिएको छ ।

प्रकाशित सूचनामा निर्वाचनका लागि असार ३० गते बिहीबार दिउँसो ११ देखि १ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गर्ने, १: ३० बजे दर्ता भएको सूचनाको सूची प्रकाशन गर्ने र ३१ गते शुक्रबार दिउँसो ३ बजे सभाको बैठकमा निर्वाचन हुने जनाइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *