राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर काभ्रेमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र संचालनमा ल्याएको छ । बैंकले उक्त स्थानमा ५१ औं एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेकी थिइन् । बैंकको अनुसार शाखा कार्यालय धुलिखेलमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *