नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त रुपमा गभर्नर विरुद्ध बालुवाटारमा प्रदर्शन

काठमाडौं । काठमाडौँको बालुवाटार स्थित गभर्नर महाप्रसाद अधिकारी विरुद्ध प्रदर्शन गरिएको छ । नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा अधिकारीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेका हुन् ।

उक्त प्रर्दशनमाथि प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ । उक्त प्रदेशनका क्रममा केहि प्रर्दशनकारी घाइते समेत भएका छन् ।

गभर्नर नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएपछि अधिकारीको नियुक्ति बारे बहस र आलोचना सुरु भएको केहि दिन भइसकेको छ । अधिकारीको नियुक्ति राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान विपरीत भएपछि स्वतन्त्र विधार्थीसंघले प्रर्दशन वजारी राखेका हुन ।

नेविसंघले गएको शुक्रवार पनि माइतीघरमा प्रदर्शन गरेको थियो । यस्तै शनिबार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन माग राख्दै प्रधानमन्त्रीसमक्ष भेटेरै ज्ञापन पत्र समेत बुझाएका छन । तर अहिले सम्म सरकाले यसवारे चासो देखाएको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *