बढ्दो सङ्क्रमणका बीच मास्क लगाउन प्रधानमन्त्रीको आग्रह   

क्यानबेरा,  देशमा बढ्दो कोरोना सङ्क्रमणका बीच प्रधानमन्त्री एन्थोनी अल्बानीजले सबै देशबासीलाई मास्क लगाउन आग्रह गरेका छन् ।    
    
 आज ५० हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित फेला परेका तथा ८० जनाको मृत्यु भएको सन्दर्भमा प्रधानमन्त्री अल्बानीजले देशबासीलाई मास्क लगाउन आग्रह गरेका हुन् ।    
    
 देशका स्वास्थ्य अधिकारीले राष्ट्रव्यापी मास्क लगाउनुपर्ने आदेश फिर्ता लिन सिफारिस नगरेका जनाउँदै उनले मास्क लगाउने बानीव्यवहारलाई सरकारले प्रोत्साहन गरेको बताए । उनले बुस्टर खोप लगाउन, मास्क लगाउन तथा बिरामी भएमा नै बस्न पनि आग्रह गरे ।    
    
 मङ्गलबार अपराह्नसम्मको विवरणअनुसार अठासी लाख ५० हजार तीनसय ४३ कोरोनाबाट सङ्क्रमित भएका छन्भने दश हजार सातसय ९४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ४७ हजार सातसय ५६ पुगेको छ । पाँचलाख नागरिकले कोभिड–१९विरुद्धको चौथो खोप लगाइसकेका छन् ।    
    
 वरिष्ठ चिकित्सकको निकाय अष्ट्रेलियाली मेडिकल एसोसिएसन (एएमए)ले मास्क अनिवार्य गर्नुपर्नेमा जोड दिएको छ भने बिरामीको बढ्दो चापका कारण अस्पताल भरिभराउ भएका छन् ।    

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *