गरिमा विकासका ग्राहकलाई सिराईचुली होटल र एनपिआई अस्पतालमा छुट

काठमाडौँ । गरिमा विकास बैंकले ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ सँग सम्झौता गरेको छ । बैंकले होटल र अस्पतालसँग विभिन्न सेवा सुविधामा छुट सम्बन्धि सम्झौता गरेको हो । यस सम्झौता पश्चात बैंकका ग्राहकले चितवनको सिराईचुली होटल होटलमा रुम तथा ब्रेकफास्टमा २५ प्रतिशतसम्म र फुड एण्ड वेभरेजमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

यसका साथै बैंकका ग्राहकले एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १० प्रतिशत छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकले सेवामा छुट पाउनको लागि कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ । यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *