माछापुच्छ्रे बैंकले दुर्घटना बीमा वापत दियो ७ लाख


काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बीमा सुविधा अन्तर्गत ग्राहकलाई ७ लाख रुपैयाँको बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका माकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत रकम भुक्तानी गरेको हो । ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमा बैंकले मृतकको परिबारलाई हस्तान्तरण गरेको हो । बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई ७ लाखसम्मको दुर्घटना बीमा, १ लाख बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, ४० हजारसम्मको अस्पताल भर्ना खर्च र १० हजारसम्मको औषधी खर्च जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *