एक दिने नि:शुल्क आँखा स्वास्थ्य शिविर सप्पन्न

काठमाडौ । श्रावण १४ गते शनिबार साइनिङ्ग नेपाल फाउन्डेशन, भण्डारखाल ब्याडमिण्टन समुहको आयोजना र
माट्रिका आई सेन्टर र फ्रण्टलाईन हस्पिटलको प्राविधिक सहयोगमा १ दिने नि:शुल्क आँखा स्वास्थ्य शिविर अनुपम फुडलेण्ड, गौशालामा सप्पन्न भयो । काठमाडौ महानगरपालिका वडा नं ७, ८, ९, १० र २९ वडाका स्थानीय जनताले नि:शुल्क आँखा तथा स्वास्थ जाँच गरेका थिए ।
उक्त १ दिने आँखा तथा स्वास्थ शिविरमा झण्डै ४०५ जना स्थानीय जनताले आँखा जाँच गरेका थिए । तीमध्ये ६२ जनाको मोती बिन्दुको अप्रेसन गर्नुपर्ने खालका आंखाका विरामी आएका थिए । अब उनीहरुको नि:शुल्क रुपमा माट्रिका आई सेन्टरमा (पुरानो बानेश्वर) अप्रेसन गर्ने ब्यवस्था मिलाईएको कुरा साइनिङ्ग नेपाल फाउन्डेशन तथा भण्डारखाल बैगैचा ब्याडमिण्टन समुहका संयोजक सुनिल आमात्यले जानकारी दिनु भयो ।

भखर गठन भएको साइनिङ्ग नेपाल फाउन्डेशन अब निरन्तर रूपमा आफुलाई सामाजिक काममा सधै अग्रसर गराउने कुरा संयोजक आमात्यले बताउनु भयो । यसैगरी साइनिङ्ग नेपाल फाउन्डेशनको मुख्य आयोजना र अन्य संघसंस्थाको अग्रसरतामा यही श्रावण २४ गते गौशाला स्थित शम्भवी स्कुलको प्राङ्गणमा काठमाडौ मेडिकल कलेजको प्राबिधिक सहयोगमा १ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । उक्त १ दिने स्वास्थ शिविरमा निशुल्क निम्न स्वास्थ सेवा सुबिधा पाईने छ । जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाटी, आँखा रोग, दन्त रोग, ई. सी. जी., भिडियो एक्सरे, ल्याव टेस्ट सेवा (ईसिजी, युएसजी, ल्याब परिक्षण हेपाटाइटिस, सुगर, पिसाब, युरिक एसिड, रक्त समूह, युरिन र गर्वावस्था) रहेका छन ।
आज श्रावण १४ गतेको शिविरमा नि:शुल्क रूपमा आंखाको औषधी वितरण गर्नुका साथै फ्रण्टलाईन हस्पिटलद्वारा (पुरानो बानेश्वर) मधुमेहको चेक जाँच तथा सामान्य स्वास्थ चेकजाँच गर्ने ब्यवस्था मिलाईएको थियो ।
नि:शुल्क स्वास्थ शिविरको मिडिया पार्टनरको रुपमा सत्याग्रह साप्ताहिक र काठमाडौंन्युज डटकम रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *