धृतराष्ट्र बनेका ए शक्तिशाली कलंकहरू हो

जसरी हरायो फूटेजबाट
त्यो जघन्य कर्तुत
र, जसरी हरायो नम्बर प्लेटबाट
नेपाली भाषा,
त्यसरी नै हराउनेछ एकदिन
विश्वको मानचित्रबाट
कहिल्यै कसैको
गुलाम नभएको “नेपाल” ……

त्यसैले सकिन्छ भने बरु
धिक्काराैँ आफैँलाई
र, आकाशतर्फ फर्केर थुकाैँ एक पटक….
अनि, कुच्चाऊँ आफैँले
यी भोट हाल्ने हातहरूलाई एक पटक ….

चुनाव जाबो त
लुटेको पैसाले
जाँड ख्वाएकै भरमा पनि
मज्जाले जित्न सकिएला,
तर पनि
धृतराष्ट्र बनेका ए शक्तिशाली कलंकहरू,
हामीले अन्तिम खकार थुक्नुभन्दा पहिले नै
मरेँ कि जिउँदै छु भनेर
आफ्नै ढुकढुकी छाम एक पटक …..

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *