बिन्धबासिनी साकोसकोद्वारा ५५ हजार सदस्यलाई सेवा


बिन्धबासिनी वचत तथा ऋण सहकारी संस्थाले ५५ हजार भन्दा बढी सदस्यलाई प्रत्यक्ष सेवा दिई ४ अर्ब ३० करोड बराबरको कारोबार गर्न सफल भएको छ । संस्थाको वार्षिक समिक्षा तथा रणनीतिक कार्यशाला गोष्ठीमा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत केबि लामाले ४६ हजार शेयर सदस्य र नौ हजार २५ बाल बचतकर्तालाई सेवा दिइरहेको जानकारी दिए । कार्यक्रममा संस्थाको सबल पक्ष, कमजोर पक्ष, अवसर र चुनौती पहिचान तथा विश्लेषण गरी चालु आर्थिक वर्षको कार्यदिशा समेत तय गरेको सीइओ लामाले जानकारी दिए ।
सहकारी क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल यस संस्थाले १५ वटा सेवा कार्यालय र सेवा केन्द्र मार्फत सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्दै आईरहेको छ । नेपालको सहकारी ईतिहासमा नै अक्कुबाट पहिलो पटक एशियाली स्तरको प्रमुख कार्यकारी अधिकृत अन्तर्राष्ट्रिय अवार्ड २०२१ प्राप्त गर्न सफल यस संस्थाले अन्तर्राष्ट्रिय पुरस्कार क्यूमी अवार्ड, एशियाली ऋण महासंघबाट एशियाली स्तरको एक्सेस ब्राण्ड, अमेरिकामा रहेको मिक्स मार्केटबाट पाँचतारा चिन्ह समेत पाईसकेको यस संस्थाले राष्ट्रिय स्तरमा समेत विभिन्न पुरस्कार सम्मान प्राप्त गरेको छ ।
सहकारी क्षेत्रमा नवीनतम प्रविधिलाई सदस्य माझ पु¥याउँदै आएको संस्थाले विभिन्न सेवा प्रदायक कम्पनीहरुसँग समन्वय गरी मोवाईल बैकिङ सेवा, एटिएम सेवा, नवीनतम कृषि प्राविधिक सेवा, आयमुलक सीपमुलक तालिम, उद्यमशीलता तालिम, वित्तीय साक्षरता कार्यक्रम गर्दै आईरहेको यस संस्थाले सदस्यहरुलाई आपतविपत पर्दा विभिन्न राहत कार्यक्रम मार्फत रु। ८१ हजार सम्म सुविधा पाउने व्यवस्था गरेको छ ।
संस्थाका उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाले गत आर्थिक वर्षको समिक्षा गर्नुको साथै चालु आर्थिक वर्षको व्यवसायिक रणनीति तय गरेको उक्त कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, सेवा कार्यालय व्यवस्थापन उपसमितिका पदाधिकारी एवं उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *