विकास र समृद्धिका लागि गठबन्धन आवश्यक छैन : महासचिव पोखरेल


काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद्लाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा राखेका छन् । उनले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताए । पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको चर्चा धारणा व्यक्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *