चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा


काठमाडौ । चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घघाटन गर्नुभयो । यस सेवा मार्फत चन्द्रागिरि नगरबासीहरुले घर–बहाल कर, सम्पत्ति कर तथा व्यवसायिक कर सजिलै अनलाईनमा आइएमई पे मार्फत तिर्न सक्नेछन् ।
उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई डिजिटल सोलुशनका नि. प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकारसँग जोडिएर डिजीटाइजेशनलाई प्रवद्र्घन गर्न पाउनु आफु र आफु सम्बद्ध कम्पनीका लागि एक उपलब्धि रहेको विश्वास व्यक्त गर्दै प्रशन्नता प्रकट गर्नुभयो । नगरबासीहरुलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै अधिकृत भट्टराइलेआगामी दिनमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो । प्रयोगकर्ताहरुले आइएमई पे एपको होम पेजमा रहेको गभरमेन्टमा गई लोकल गभरमेन्ट रोजी चन्द्रागिरि नगरपालिकामार्फत आफ्नो कर तिर्न सक्ने आइएमई पे जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *