सनराइज बैंकले निर्माण गर्‍यो चौतारी


काठमाडौं । सनराइज बैंकले नवलपरासीको सुनवल–३ स्थित कीर्तिपुरमा चौतारी निर्माण गरेको छ । एक कार्यक्रमका बीच नवनिर्मित चौतारीको उद्घघाटन गरिएको छ । उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले स्थानीयहरु विश्राम गर्ने, छलफल, भेला तथा कार्यक्रमहरु गर्ने थलोको रुपमा चौतारा प्रयोग हुने बताइन् ।
बैंकका नायब महाप्रबन्धक अपछकुमार यादवले संस्थागत उत्तरदायित्व अन्तर्गत देशका विभिन्न ठाउँहरुमा बैंकले भौतिक संरचना निर्माण गरी समाजलाई सहयोग गरिरहेको बताए । बैंकले हरेक वर्ष नाफाको १ प्रतिशत संथागत सामाजिक उत्तर दायित्वमा खर्च गर्दै आएको नायब महाप्रबन्धक यादव भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *