साइनिङ्ग नेपाल फाउन्डेशन नामक गैरसरकारी संस्था काठमाडौ, गौशालामा स्थापना

काठमाडौ । सामाजिक काममा आफुलाई पुर्णरुपमा समर्पित गर्दै साइनिङ्ग नेपाल फाउन्डेशन नामक गैरसरकारी संस्था काठमाडौ, गौशालामा स्थापना भएको छ । निरन्तर रूपमा आफुलाई सामाजिक काममा सधै अग्रसर गराउने प्रतिबद्धता संस्थाका अध्यक्ष सुनिल आमात्यले गराउनु भएको छ । आज भाद्र ४ गते काठमाडौ स्थित गौशाला चोकमा साइनिङ्ग नेपाल फाउन्डेशन नामक गैरसरकारी संस्थाको अफिस काठमाडौ महानगरपालिका वडा नं ९ र ८ का वडा अध्यक्ष श्री रामजी भण्डारी र आशामान संगतले उद्घाटन गर्नु भयो । दुबै वडा अध्यक्षले साइनिङ्ग नेपाल फाउन्डेशनलाई वडास्तरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो भने संस्थाका अध्यक्ष आमात्यले भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । अध्घाट्न कार्यक्रमलाई संस्थाका सचीव शिव मगरातीले संचालन गर्नुभएको थियो । अब हेरौ नेपालमा सामाजिक संस्थाको छोटो ईतिहास;
समाज सेवाका विभिन्न तरीकाहरु हुन्छन् । वैयक्तिक, सामूहिक र सामुदायिक यी तीन तरीकाबाट समानरुपले अरुको भलोका लागि सामाजिक, आर्थिक एवं सांस्कृतिक शक्तिको सन्तुलनमा रहेर गतिशील र स्वस्थ समाज निर्माणका लागि क्रियाशील व्यक्तित्वलाई हामीले समाजसेवी भन्दै र बुझ्दै आएका छौं । त्यस्तो समाजमा उत्तम काम गर्ने ब्यक्तिहरुलाई हामीले सम्मान गर्ने गरेका छौं । सामाजिक व्यक्तित्वमा कुनै धर्म, भाषाभाषी, जातजातिको बिच कुनै भेदभाव हु‘दैन । हरेक जातजाति, भाषाभाषी र धर्मावलम्बीले पनि स्वीकार्न सक्ने सामाजिक छवि समाजसेवीमा हुनुपर्दछ ।
नेपालमा परोपकारी संस्थाको इतिहास हेर्ने हो भने त्यतिखेर स्थानीयरुपमा गरिने सामाजिक कार्यहरु पहाडतिर ढिकुर र पर्म तथा काठमाडौ उपत्यकामा गुठीको विकसित रुप नै आजका परोपकारी संस्था अर्थात गैरसरकारी संस्था हुन् । तत्कालीन समयका स्थानीय जनता मिलेर स–साना धर्मभकारी, पूजागुठी, मूर्दागुठी, सिंचाई, पार्टी, पौवा, कुवाजस्ता सामाजिक कामहरु हुने गरेको पाइन्छ । त्यतिबेलै राणाहरुमध्येका उदार मानिएका चन्द्र शमशेरको प्रधानमन्त्रीत्वकालमा विसं १९८३ मा कामधेनु चर्खा महागुठीको स्थापना गरेका हुन् । त्यस गुठीले महिला र पुरुषलाई स्थानीयस्तरमा चर्खाको माध्यमबाट घरेलु र कुटिर उद्योगहरु सञ्चालन गरिएपछि नेपालमा गैससको विकास हुन थालेको मानिन्छ ।
त्यसपछि विसं १९९० सालमा महाभूकम्प गएपछि तत्कालीन समयमा उद्धारका लागि भूकम्प सेवादल र महाराजा सेवक संघको स्थापना भई उदाहरणीय कार्य गरेको पाइन्छ । त्यसपछिको कामबाट सामाजिक संघसस्थाहरुले जनताको सेवा गर्न सकिनेरहेछ भन्ने गहिरो छाप पारेको थियो । नेपालमा सामाजिक संस्थाको उत्पति र विकासलाई हेर्ने हो भने सन् १९४७ सालमा दयावीरसिंह कंसाकारले परोपकार औषधालयको स्थापना गरी दिनदुःखीहरुको सेवा गर्न थालेपछि परोपकार संस्थाहरुको स्थापना भई आजको अवस्थामा आइपुगेको हो । सन् १९२६ तिर तुलसीमेहर श्रेष्ठले चर्खा प्रचारक संस्थामार्फत सामाजिक अभियान शुरु भएको तथ्यहरु पाइन्छन् । जसको कारण उनलाई तत्कालीन राणा शासकले देश निकाला गरेको थियो ।
नेपालमा गैससको भिन्न इतिहासलाई हेर्दा विसं २०१६ सालमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको पालामा संस्था दर्ता ऐन जारी गरेर गैससको स्थापना गर्ने सरकारी प्रयासको थालनी गरेको देखिन्छ । पछि यसलाई २०१७ पुस १ गते राजा महेन्द्रबाट प्रजातन्त्रको हत्या गरी निरंकुश पञ्चायती शासन शुरु भएस‘गै यसलाई रोकियो । तैपनि जनतामा गैससप्रतिको रुचि हराउन भने सकेन । त्यस समयमा राजालाई खुशी पारेरै भए पनि परोपकार, रेडक्रस, क्षयरोग निवारण, कुष्टरोग निवारणजस्ता संस्थाहरुले निरन्तरता दिदै आए ।

साइनिङ्ग नेपाल फाउन्डेशन नामक गैरसरकारी संस्था काठमाडौ, गौशालाले औपचारिक रुपमा संस्थाले मुर्तरुप लिनु अघि नै श्रावण १४ गते शनिबार साइनिङ्ग नेपाल फाउन्डेशन, भण्डारखाल ब्याडमिण्टन समुहको आयोजना र
माट्रिका आई सेन्टर र फ्रण्टलाईन हस्पिटलको प्राविधिक सहयोगमा १ दिने नि:शुल्क आँखा स्वास्थ्य शिविर अनुपम फुडलेण्ड, गौशालामा सप्पन्न गरेको थियो । काठमाडौ महानगरपालिका वडा नं ७,८,९, १० र २९ वडाका स्थानीय जनताले नि:शुल्क आँखा तथा स्वास्थ जाँच गरेका थिए ।
उक्त १ दिने आँखा तथा स्वास्थ शिविरमा झण्डै ३७५ जना स्थानीय जनताले आँखा जाँच गरेका थिए । तीमध्ये ४०-५० जनाको मोती बिन्दुको अप्रेसन गर्नुपर्ने खालका आंखाका विरामी आएका थिए । अब उनीहरुको नि:शुल्क रुपमा माट्रिका आई सेन्टरमा (पुरानो बानेश्वर) अप्रेसन गर्ने ब्यवस्था मिलाईएको थियो ।

यसैगरी साइनिङ्ग नेपाल फाउन्डेशनको मुख्या आयोजना र सत्याग्रह साप्ताहिक, काठमाडौ न्युजडट्कम र शम्भवी स्कुलको अग्रसरतामा गत श्रावण २४ गते गौशाला स्थित शम्भवी स्कुलको प्राङ्गणमा काठमाडौ मेडिकल कलेजको प्राबिधिक सहयोगमा १ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो । उक्त १ दिने निशुल्क स्वास्थ शिविरबाट निम्न सेवा सुबिधा उपलब्ध गराईएको थियो । जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाटी, आँखा रोग, दन्त रोग, ई. सी. जी., भिडियो एक्सरे, ल्याव टेस्ट सेवा ईसिजी, युएसजी, ल्याब परिक्षण (हेपाटाइटिस, सुगर, पिसाब, युरिक एसिड, रक्त समूह, युरिन र गर्वावस्था) रहेका थिए । उक्त एक दिने निशुल्क स्वास्थ्य शिविरबा झण्डै ४०० जनाले स्वास्थ सेवा लिएका थिए ।
यसै गरि असार १२ गते भण्डारखाल बगैचामा बृहत बृक्षारोपन गरि वातावरण जोगाउन पहल गरेको थियो । यस्तै श्रावण १७ गते पुरानो बानेश्वर ओरालोको उत्तरतर्फ (माट्रीका आँखा अस्पताल र फ्रण्टलाईन अस्पतालको अगाडि) सडकपेटीमा हरियाली बनाउने उदेश्यका साथा बोट बिरुवा रोप्ने कार्य सम्पन्न गरेको थियो ।
स्थापनाको छोटो समयमै उल्लेखनीय कार्य गरेर सामाजिक कार्यमा साइनिङ्ग नेपाल फाउन्डेशनले आफुलाई अब्बल सावित गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *