कुमारी सेभिङ्गको १९ औं साधारणसभा असोज ८ मा


कुमारी सेभिङ्ग एण्ड क्रेडिट को– अपरेटिभको १९ औं वार्षिक साधारणसभा असोज ८ गते हुने भएको छ । संस्थाले सूचना प्रकाशन गरि साउन २९ गते बसेको संचालक समितिको बैठकले संस्थाको १९ औं बार्षिक साधारण सभा एस.आर.क्याटरिङ, धुम्बाराही काठमाण्डौंमा बिहान ११ गर्ने निणर्य गरेको जनाएको छ ।
सभामा संचालक समितिको तर्फबाट आ.ब. २०७८÷०७९ को अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन माथि छलफल गर्ने त्यसैगरी सोही आवको लेखापरीक्षण प्रतिवेदन माथि छलफल गरी पारित गर्ने जनाएको छ ।
त्यसैगरी सभामा संस्थाको चालू आ.ब. २०७९÷०८० को नीति, कार्यक्रम, बजेट माथि छलफल गरी पारित गर्ने, संस्थाको विनियम –२०५७ संशोधन गर्ने तथा कार्यक्षेत्र बिस्तार गर्ने, सदस्य सेवा केन्द्र थप गर्ने विषयमा छलफल गरिने जनाइएको छ । सभामा संस्था एकिकरण (मर्जर) त्यसैगरी शेयर सदस्यहरुलाई लाभांश वितरण गर्ने, कर्मचारी बोनस वितरण गर्ने लगायतका विषयमा छलफल हुने संस्थाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *