मुक्तिनाथ कृषि कम्पनीका ८ वटा सहायक पब्लिक कम्पनी


काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले चौथो स्थापनाको अवसरमा मुक्तिनाथ सिड बैङ्क, मुक्तिनाथ फर्टिलाईजर बैङ्क, मुक्तिनाथ नर्सरी बैङ्क, मुक्तिनाथ लाईभस्टक बैङ्क, मुक्तिनाथ हर्बल बैङ्क, मुक्तिनाथ फूड बैङ्क, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी र मुक्तिनाथ ट्रेडिङ गरी ८ वटा सहायक कम्पनीको सञ्चालनमा ल्याएको छ । देशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा धेरे हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय र गैरवित्तीय सेवा प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो ।
स्थापनाकालदेखि नै निरन्तर रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक साझेदार, कम्पनी तथा फर्महरु, कृषक समुह, सहकारीहरुसँग सहकार्य गर्दै आएको छ । साथै कृषिको मुल्य श्रृंखला विकासका लागि व्यवस्थापकिय भुमिका निर्वाह गर्ने प्रयत्न गरिरहेको कम्पनीले बताएको छ । ‘गाउँको उत्पादन शहरमा, शहरको पूँजी गाउँमा’ र ‘सवृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि’ भन्ने मुल मन्त्रलाई सार्थक तुल्याउन ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियान सुरु गरि कार्यक्रम गर्दै आएको छ ।
मुक्तिनाथ कृषि कम्पनिले विगत ४ वर्षमा कृषि क्षेत्रमा विद्यमान समस्या, भइरहेका प्रयास, व्यवसायिक अवसर र समग्र कृषि क्षेत्रको विकासमा नीजि क्षेत्र र कम्पनीले गर्नुपर्ने लगानीको क्षेत्र पहिचान गरी स्पष्ट मार्गचित्र तयार गरेको बताएको छ ।
साथै कम्पनीले कृषकहरुलाई गुणस्तरीय उत्पादनका साधन मल, बिउ, रोग किरा नियन्त्रक, औजारउपकरण सहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसार गर्ने गरेको छ । यस्तै, कृषि उत्पादनको खरीद सुनिश्चितता गरी राष्ट्रिय र अन्तराष्ट्रिय बजारीकरण सम्बन्धि कार्यहरु गर्दै आइरहेको कम्पनीको भनाइ छ ।
कम्पनिले ६२ वटा जिल्लाहरुमा विभिन्न व्यवसायिक साझेदारहरुको माध्यमबाट कम्पनीको वस्तु तथा सेवाहरु प्रवाह गरेको छ ।
जसको लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा रहेको र यो वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु स्थापनको अन्तिम चरणमा पुगेको छ । कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहनेछ भने हरेक सहायक कम्पनीहरुले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टकृत वस्तु तथा सेवाहरुको उपलब्ध गराउनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *