‘जनताको साथमा कांग्रेस’

काठमाडौँ । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समिति हाल आमनिर्वाचन लक्षित ‘जनताको साथमा कांग्रेस’ अभियानमा व्यस्त भएको छ । जिल्लाका विभिन्न स्थानमा उक्त अभियान सञ्चालन भइरहँदा क्षेत्रीयस्तरका समितिले आगामी मङ्सिर ४ गते हुने प्रनिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गर्न थालेका छन् ।

काभ्रेमा दुई प्रनिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । पार्टीको बाग्मती प्रदेश कार्यसमितिले प्रतिनिधिसभा–२ निर्वाचन अन्तर्गत प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ प्रदेश महामन्त्री कञ्चनचन्द्र वादे र पार्टीका जिल्ला सचिव माधव ढकालको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।

यस्तै प्रतिनिधिसभा–२ निर्वाचन अन्तर्गत प्रदेशसभा ‘क’मा सुन्दरमणि आचार्यलाई सर्वसम्मत्रुपमा उम्मेदवार बनाउने निर्णय भएको छ । प्रदेशसभा समानुपातिकमा आकांक्षी उम्मेदवार अधिक रहेकाले छलफल भइरहेको जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईंले बताए । “उम्मेदवार छनोट प्रक्रिया सुरु भयो, अब अभियान पनि सञ्चालन भइरहेको छ क्रमशःनिर्वाचन क्षेत्रगतरुपमा उम्मेदवार छनोट हुँदै जानेछ”, उनले भने ।

प्रतिनिधिसभा १ र २ का लागि प्रत्यक्ष तथा समानिुपातिक उम्मेदवारका लागि आन्तरिक छलफलमा जुटिरहेको हुमागाईंले बताए । उनका अनुसार यो हप्ता सबै तह र क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार छनोट भइसक्नेछ ।

केन्द्रीय समितिको योजनाअनुसार काभ्रे कांग्रेसले यही भदौ १० गतेदेखि जनताको साथमा कांग्रेस अभियान सुरुगरेको थियो । भदौ २४ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत शनिबार प्रतिनिधिसभा १ नं क्षेत्रस्थित भकुण्डेमा युवा संवाद कार्यक्रम, आइतबार प्रतिनिधिसभा–२ क्षेत्रको धुलिखेलमा जनप्रतिनिधि र पार्टी पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको उपसभापति हुमागाईंले जानकारी दिएका छन् ।

यस्तै चार प्रदेशसभामा क्षेत्रस्तरीय कार्यक्रम सकिएको छ भने आजदेखि पालिकास्तरमा अभियान सञ्चालन भइरहेको छ । “पालिकास्तरमा कार्यक्रम सकेपछि वडास्तरमा जानेछौँ”, हुुमागाईंले भने । उनका अनुसार जिल्ला, सबै क्षेत्र, तथा स्थानीय तहको पार्टीका पदाधिकारी तथा सदस्य वडामै गई नेपाली कांग्रेसबाट स्थानीयले चाहेको विषय, अप्ठ्यारा र पार्टीलाई सवल बनाउने गतिविधिबारे धारणा अन्तरक्रियात्मक कार्यक्रमद्वारा लिनेदिने गरिनेछ । ‘जनताको साथमा कांग्रेस’ अयिभानका लागि सो पार्टीको केन्द्रबाट केन्द्रीय सदस्य रमा कोइराला खटेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *