नबिल बैंकले पायो ’भिसा एक्सिलेन्स अवार्ड–२०२२’


नबिल बैंक ’एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस–२०२२’ र ’एक्सिलेन्स इन ई–कमर्स एक्विरिङ बिजनेस–२०२२’ बाट सम्मानित भएको छ । बैंक डेबिट कार्ड र ई–कमर्स एक्विरिङ बिजनेसमा नेपालमा रहेका सबै बैंकभन्दा बढी गोर्थ र अचिभेन्ट गरेका कारण यी अवार्डबाट सम्मानित भएको बताइएको छ ।
भिसा इन्टेरनेशनलले काठमाडौंमा आयोजना गरेको ’भिसा लिडरसिप कन्क्लेभ पेमेन्ट्स इनोभेसन अफ डिजिटल नेपाल’ कार्यक्रममा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो। बैंकका सिइओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले अवार्ड ग्रहण गर्दै नबिल बैंकको टिमलाई उनीहरूको कामप्रतिको समर्पणलाई सरहाना गर्दै बधाइ दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *