नर्भिक इन्टरनेसनलमा ३ दिन फ्रि केमिकल पिल सेवा


काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्यालाई लक्षित गरी फ्रि केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्रि केमिकल पिलको सेवा सञ्चालन गर्न लागेको अस्पतालले जनाएको छ ।
फ्रि केमिकल पिल सेप्टेम्बर ७, १४ र २१ तारिखका दिन सञ्चालन हुने डर्माटोलोजिस्ट डा. सिरपा बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार अनुहारमा डण्डीफोर, उमेरका कारण देखिने दागहरू, फुस्रो छाला, अनुहारको चाउरीपना, तिलकोठी, पोतो र फुटेको वा खस्रो छालाको समस्या हुनेहरूले निःशुल्क केमिकल पिलमा सहभागी भएर लाभ उठाउन सक्नेछन् । यो अभियानअन्तर्गत अस्पतालले छालाको विशेषज्ञ सेवा तोकिएको दिन निःशुल्क गर्नेछ । तर, औषधि भने निःशुल्क हुनेछैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *