प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर


प्रभु क्यापिटलले आफ्नो ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिईरहेका ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले बिओण्ड फिट प्रा लिसंग सम्झौता गरेको हो । उक्त छूट सम्झौता पछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् । एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिदा सो छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।
यो योजनाबाट लाभ लिन हितग्राहीले बिल भूक्तानीगर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउन ुपर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छूट सम्झौताको तीनमहिना सम्म लिन सक्नु हुनेछ । अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको यो गोल्ड जिमको स्थापना १९६५ मा सेन्टर भेनिस, क्यालिफोर्नियामा भएको हो । यसले आफ्नो फिटनेस प्रोफाइल विश्वको धेरै स्थानमा विस्तार गरेको छ । विश्वभरका सेलिब्रेटीहरू, एथलेटिसहरू, बडी बिल्डरहरू, सैनिकलगायत फिटनेस मन पराउनेहरुको यो मनपर्ने जिम बनेको छ । नेपालमा समेत भैंसेपाटी कम्पलेक्स (दोस्रो तल्ला), एकान्तकुना–टीकाभैरवरोडमा रहेको यसको फ्रेन्चाईजमा अत्याधुनिक उपकरणहरुबाट व्यक्तिगत प्रशिक्षण,सामूिहक व्यायाम, कार्डियो, स्पिनिङ र योग लगायत सबै नवीनतम सेवाहरू प्रदान गरिने जनाईएको छ ।
नेपाली पूँजीबजारमा भिडीयो केवाइसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एक मात्र मर्चेन्ट बैंक र प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको क्यापिटलले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *