अजोड ईन्स्योरेन्स र इ–बीमाबीच सम्झौता


काठमाडौं । ई–बीमा र अजोड इन्स्योरेन्स लिमिटेडबीच हालै सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ई–बीमाका तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले अजोड इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई जनाउने धारणा राखे । अजोड इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भने, ‘हामी सर्वसाधारणलाई बीमा सेवामा पहुँच गर्न सजिला माध्यमहरु सिर्जना गर्नमा विश्वास गर्छौं र ई–बीमा सक्षम र आशाजनक डिजिटल प्लेटफर्मजस्तो देखिन्छ । हामी यस आबद्घसँग खुसी र आशावादी छौँ।
सम्झौताअनुसार ई–बीमाले संस्थागत एजेन्सीका रुपमा काम गर्नेछ र सामान्य बीमा उत्पादनहरुलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरी सर्वसाधारणलाई बीमा योजनाहरु प्राप्त गर्न सजिलो र पहुँचयोग्य बनाउनेछ ।
ई–बीमाले नेपालमा भएका सबै बीमासम्बन्धी सेवाहरुका लागि एक–स्टप समाधान हुने र देशका सबै बीमा प्रदायकहरुलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने आशा राख्दछ । ई–बीमाको सेवा गैरजीवन बीमा योजनाहरु र उत्पादनहरुमा मात्र सीमित नभई जीवन बीमा, वैदेशिक रोजगारी, लघु बीमा, विद्यार्थी सुरक्षा योजनाहरु र अन्य क्षेत्रहरुमा आफ्ना ग्राहकहरुलाई सबैभन्दा उदारीकृत खरिद विकल्पहरु प्रदान गर्न सक्रिय रुपमा संलग्न छ । अजोड इन्स्योरेन्स अग्रणी वाणिज्य बैंक, बैंकर र विभिन्न क्षेत्रहरुबाट सफल क्यारियर इतिहास भएका उच्च उत्साही पेसेवरहरुद्वारा स्थापित र समर्थित इन्स्योरेन्स हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *