नबिल बैँक र युनिलिभर नेपालबिच सम्झौता


काठमाडौं – नबिल बैँक लि. र युनिलिभर नेपाल लि. बीच च्यानल फाइनासिंग सुविधाका लागि सहकार्य भएको छ । नबिल बैँक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपाल लि. का तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले भाद्र २० गते नबिलका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एस.एम.ई तथा लघुवित्तका प्रमुख निरज बस्नेत डनिल का साथै युनिलिभरका मुख्य वितरकहरुको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता हस्ताक्षरसगै युनिलिभर नेपाल लि. ले आफ्ना तीन जना वितरकहरुलाई च्यानल फाइनासिंग सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।
यस अन्तर्गत युनिलिभर नेपाल लि. सँग आबद्ध व्यवसायीहरुले च्यानल पाटर्नरको रुपमा थप व्यवसाय विस्तार गर्न चालु पँुजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशंैभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाइनासिंग कर्जा उपभोग गर्न पाउने छन् । च्यानल फाइनासिंगका प्रमुख आर्कषण अन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुतmानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस. एम. ई. कर्जा पनि उपलब्ध हुनेछ ।
युनिलिभर नेपाल लि. सँग सहकार्यका बारेमा बोल्दै नबिल बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंङ्गानाूले बैँकसँग आबद्ध व्यवसायीहरुलाई चालु पँुजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ च्यानल फाइनासिंग सुविधाका साथै अन्य एस. एम. ई. कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *