नाडा अटोमोबाइल्सले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने


काठमाडौं । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले यहि असोज ६ गतदेखि ९ गतेसम्म ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । एशोसियसननले नेपालमै पहिलोपटक विद्युतीय सवारी साधन, पार्र्ट पुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनी सिएटद्धारा प्रायोजित उक्त एक्स्पो मेला आयोजना गर्न लागेको हो ।
भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागि भएको छ भने युसेड क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको संचालन गर्ने भएको छ । एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर रहेको छ भने , सह ( प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।
वर्तमान समयमा विद्युतीय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढ्दै गएको र यस्ता सवारी साधनहरुको बढदो प्रयोगले आफनै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ
वातावरण मैत्री विद्युतिय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दे आयोजना गर्न लागिएको उक्त एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् । एक्सोमा ७ वटा ब्राण्डका चार पांग्रे , एउटा तीन पांग्रे , १६ वटा ब्राण्डका दुई पांग्रे , ३ वटा बाण्डका टायर , २ वटा बाण्डका ब्याटरी , ९ वटा पार्ट÷ पुर्जा , ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ ।
नेपाली महान चाड पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवर्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्नमा आयोजक विश्वस्त रहेको छ ।
एक्स्पोलाई बढी जातकारीमूलक , सेवामूलक र ग्राहकमुखी बनाउन वित्तिय सेवा , विकिपछिक सेवा एवं इन्सुरेन्सका स्टलहरु रहने छन् भने एक्स्पो सम्बन्धी समाचार सम्प्रेषणमा सहजताका लागि छुट्टै एउटा साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।
एक्सप्रोमा वरुण सुरक्षाका लागि फायर सेफ्टि सर्पोटको को रुपमा हिटको प्रा.लि. रहेको छ । वातावरण एवं इभी सम्बन्धि व्यापक छलफल तथा सूचना प्रवाह गर्नका लागि युसेइड क्लिन एयरलेले तीन दिन सम्म इभी चौतारी नामक गोष्ठी सन्चालन गर्ने भएको छ उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा , काठमाडौंको सुचना– कक्ष समेत प्रदर्शनीमा रहने छ । आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सड़क सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने एक्स्पोलाई व्यवस्थित बनाउन , प्रदर्शनी स्थलमा भिडभाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।
असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा खल्तीएप द्वारा २५ प्रतिशत क्यास ब्याक्को अफर समेत रहेको छ । ४ दिन सम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने बिश्वास आयोजकको रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *