मेलम्चीमा खेल गतिविधि बढ्दो

काठमाडौँ । चाँडपर्व नजिकिएसँगै मेलम्चीमा खेल गतिविधि बढेको छ । कोरोना सङ्क्रमण तथा गत वर्षको बाढीले खेल गतिविधि ठप्प छ । सिन्धुपाल्चोकको मेलम्ची–७ दुवाचौरमा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । योङ स्टार युवा क्लब मेलम्ची–७ को आयोजनामा हुने उक्त प्रतियोगिता यहीँ असोज १३ देखि असोज १५ गतेसम्म दुवाचौर खेल मैदानमा हुने भएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु ७० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश ः ४० हजार, २० हजार र १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमलाई टिम दर्ता दस्तुर रु तीन हजार लाग्ने संयोजक जयबहादुर तामाङले जानकारी दिएका छन् । सिन्धुपाल्चोक जिल्लाभित्र भलिबल खेलाडी धेरै रहेकाले युवा खेलाडीको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको संयोजक तामाङले बताए ।

यता मेलम्ची–४ थकनीमा सेभेन ए साइड प्रथम फुटबल प्रतियोगिता हुने भएको छ । थकनी युथ क्लबको आयोजनामा असोज १२ देखि १६ सम्म ओख्रेनीचौर खेल मैदानमा खेल हुने आयोजकले जानकारी दिएको छ । प्रथमले रु ५० हजार दोस्रोले रु २५ हजार र मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने वडा सदस्य कमल लामाले बताए । खेल नकाउट चरणमा खेलाइने बताइएको छ । टिम दर्ता असोज ९ गतेसम्म गर्न सकिने छ ।

मेलम्ची–७ दुवाचौरमा नगरकप भलिबल असोज पहिलो साताबाट गरिने स्थानीय क्लबले जनाएको छ । चाँडवाडमा मात्र आयोजना हुने यस्ता खेलकुद प्रतियोगिता स्थानीय तहले विनियोजन गरेको बजेट सक्न मात्र काम हुने भएकाले खेल क्षेत्र र खेलाडीको भने विकाश नहुने खेलाडी मनोज तामाङले गुनासो गरेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *