रिलायन्स लाइफले बाँकेका प्रत्येक छोरीको बीमा गरिदिने


काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले जानकी गाउँपालिका बाँकेका प्रत्येक छोरीको बीमा गरिदिने भएको छ । इन्स्योरेन्सले उक्त गाउँपालिकामा २०७९ साउन १ गतेपछि जन्मिएका सबै छोरीको बीमा गर्ने भएको हो । इन्स्योरेन्सले ‘मेरो मुटु बाल जीवन बीमा’ योजना अन्तर्गत उक्त बीमा गरिदिने भएको हो । २० वर्ष अवधिको यो योजना अन्तर्गत वार्षिक ५ हजार रुपैयाँ मात्रै बीमाशुल्क (प्रिमियम) तिर्नुपर्ने छ । उक्त बीमा सम्बन्धी सम्झौता गत भदौ २८ गते सम्पन्न भएको हो ।
इन्स्योरेन्सले आगामी दिनमा समेत नेपालको कुनैपनि स्थानीय सरकारसँग हातमा हात मिलाएर यस्ता योजनाहरू ल्याउने कम्पनीका क्षेत्रीय प्रबन्धक दिपककुमार ओलीले बताए । बीमा सम्बन्धी सम्झौतापत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपककुमार ओलिले हस्ताक्षर गरेका थिए । उक्त सम्झौतामा जानकी गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष छब्बन खाँ र लेखा अधिकृत मतिन अहमद अन्सारी एवं रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट नेपालगञ्ज शाखाका शाखा प्रमुख कृष्ण बहादुर हमाल र सिनियर एजेन्सी मेनेजर सुनिल घिमिरेका उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *