‘रुग्ण उद्योगलाई सरकारले विशेष रूपमा सहयोग गर्नुपर्छ’ ः उपाध्यक्ष साँघाई


काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघई बुटवल उद्योग वाणिज्य संघको ६९औं वार्षिक साधारण सभामा सरिक भएका छन् । उक्त सभामा संघईले विशेष गरी रुग्ण उद्योगहरुको साथै मोतिपुर औधोगिक क्षेत्र र नेपालको आर्थिक क्षेत्रसँग जोडिएर रहेको तर पहिचान हुन नसकेको अन्य क्षेत्रको विकास र प्रवर्दनको लागि महासंघले कसरी सकारात्मक भूमिका निर्वाह गर्न सक्छ भन्ने बारेमा आफ्नो भनाई राखेका छन् । उनले भने नेपाल सरकारले समग्र क्षेत्रमा रुग्ण भएका उद्योगहरुलाई विशेषरुपमा सहयोग गरी सञ्चालनमा ल्याउनु पर्ने र चाडैं नै बुटवल धागो उद्योगको हितको लागि उद्योग मन्त्रालयबाट निति सार्वजनिक हुने र उक्त निति पि।पि।पि। मोडेलमा आधारित हुने छ । यस्ता खालका उद्योगहरुमा निजि क्षेत्रसँग सहकार्य गरेर सञ्चालनमा ल्याउन सरकारको सकारात्मक भूमिका हुन्छ र हुनुपर्छ भन्ने कुरामा उनले आशा ब्यक्त गरे । मोतिपुर औधोगिक क्षेत्रमा पनि बिजुली पानी ढल निकास जस्ता अति आवश्यक बस्तुहरुको राम्रो ब्यवस्था छिटो भन्दा छिटो भएको खण्डमा यस क्षेत्रमा अवश्य लगानी बढ्ने र यसले केही मात्रामा भएपनि आयात प्रतिस्थापन गर्न सकिन्थ्यो कि भन्ने विचार राखे । देशमा विदेशी मुद्रा संचिति घट्दै जानु, बैंकहरुसँग लागानीयोग्य रकम नहुनु, ब्याजदर बढ्दै जानु, नेपाली मुद्राको अवमूल्यन हुनु एवं आयातित वस्तुको मूल्यमा भएको वृद्धिले देशमा एक किसिमको आर्थिक तरलतामा समस्या सृजना गरेको कारणले मन्दीको अवस्था आएको र यस किसिमको समस्या समाधान र सुधारको लागि नेपाल उद्योग वाणिज्य महासंघले पहल गरिरहेको समेत बताए । सरकारले निर्यातमूलक उद्योग जस्तैः सिमेन्ट उद्योगलाई ८ प्रतिशतसम्म अनुदान दिने घोषणा गरेको भएता पनि हालसम्म त्यसको कार्यान्वयन नभएको हुदाँ छिट्टै कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरे ।
देशमा अहिले तीन तहको सरकार रहेको र ती तीनै तहको सरकारहरुको आआफ्नै क्षेत्र र भूमिका हुने हुदाँ विशेषगरी स्थानीय र प्रदेशिक सरकारसँग हातेमालो गरी देशमा पहिचान हुन नसकेका अन्य आर्थिक क्षेत्रको विकास र प्रवद्र्धन लागि सकारात्मक र सहयोगी भूमिका मार्फत् थप उद्योग कलकारखानाको विकास गर्न सकिने र त्यसको व्यवसायीहरुले फाइदा लिन जान्नु पर्ने समेत बताए । साथै आम ब्यवसायीहरुको हित र संरक्षणको लागि संघीय सरकारको तहमा राख्नु पर्ने कुराहरु नेपाल उद्योग वाणिज्य महासंघले सधैं नै राखिराख्ने समेत बताए । उहाँले अन्तमा भन्नुभयो नेपाल उद्योग वाणिज्य महासंघ औधोगिक विकास र प्रवर्दनको लागि सवैसँग हातेमालो गर्न सधैं नै तयार रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *