धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  जनकपुरबाट महेन्द्रनगर आउँदै गरेको प्रदेश २ ०२ ००३ प ५८०१ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे पल्टिएको थियो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अन्दाजी ३० वर्षिय पुरुषलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।  मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *