सर्वोच्च अदालत वरपर सुरक्षा व्यवस्था कडा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्कने भएपछि सर्वोच्च अदालत वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सर्वोच्च अदालत वरपर अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानन्यायाधीस जबरा माथि संसदमा महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।

महाअभियोग प्रक्रिया नटुङ्गीदै आज राती १२ बजेबाट सांसदहरुको कार्यकाल सकिएका कारण महअभियोग निस्क्रिय भएको जनाउँदै जबरा काममा फर्कन लागेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *