प्राइम लाइफका बीमितले प्रतिहजार ८० रुपैयाँसम्म बोनस


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷७८ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
नयाँ बोनसदर अनुसार कम्पनीले विभिन्न योजनामा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दिने भएको छ । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखमा न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस तोकेको छ । जसमा ९ वर्षसम्मको ३५, १० देखि १४ वर्षसम्मको ४०, १५ देखि १९ वर्षसम्मको ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको ५० रूपैयाँ र २५ देखि माथि अवधिको ७० रुपैयाँ बोनसदर तोकिएको छ । त्यस्तै, सावधिक तथा आजीवन बीमालेखको ९ वर्ष अवधिको ३६ रुपैयाँ, १० देखि १४ वर्षको ४५ रुपैयाँ, १५ देखि १९ वर्षको ५० रुपैयाँ, २० देखि २४ वर्षको ५७ रुपैयाँ र २५ देखि माथिको ७५ रुपैयाँ बोनस निर्धारण गरिएको छ । कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ५० देखि ८० रुपैयाँसम्म बोनस दिने भएको छ । जसमध्ये १० देखि १४ वर्षको ५० रुपैयाँ, १५ देखि १९ वर्षको ५८ रुपैयाँ, २० देखि २४ वर्षको ६५ र २५ देखि माथिको ८० रुपैयाँ बोनसदर तोकिएको छ । त्यस्तै, कम्पनीले प्राइम जीवन उपहार योजना (अग्रिम भुक्तानी) मा ४२ रुपैयाँ बोनसदर तोकेको छ । जसमध्ये प्राइम जीवन उपहार योजना (सावधिक) ४० रुपैयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ । यी दुई योजनाका क्रमशः १६ र १५ वर्षकाले पाउने छन् । अघिल्लो वर्षमा कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिएको कम्पनीले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *