धनगढीमा ’सामाजिक संरक्षण र सुरक्षा’ कार्यशाला गोष्ठी


नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को संयुक्त आयोजनामा गोष्ठी सम्पन्न भएको हो । उक्त कार्यक्रममा उद्योगी तथा रोजगारदाता कम्पनीहरूका समस्या चुनौती तथा समाधानका विषयमा अन्तरक्रिया सुझाव सङ्कलन जस्ता कार्यहरू भएको नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक ज्योति भट्टले जानकारी दिए । भट्टका अनुसार कार्यशाला गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षता रहेको थियो । भने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै, उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुवंर विशिष्ट अतिथि रहनु भएको थियो । भने उक्त कार्यशाला गोष्ठीमा जिल्ला, नगर उ.बा.संघ, बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरू, विभिन्न उद्योग तथा प्रतिष्ठानका प्रमुख एवं प्रतिनिधिहरूको सक्रिय सहभागितामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सहजीकरण नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक ज्योति भट्टले गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *