साइनिङ्ग नेपाल फाउन्डेसनद्वारा आयोजित ब्याटमिन्टन प्रतियोगिता भोलीदेखि शुरु हुदै

काठमाडौं । साइनिङ्ग नेपाल फाउन्डेसन र भण्डारखाल बगैंचा ब्याट्मिन्टन समुहको सयुक्त आयोजनामा ब्याटमिन्टन प्रतियोगिताको आयोजना रातोपुलमा गर्ने भएका छन । भण्डारखाल बगैंचा ब्याट्मिन्टन समुहका ५२ खेलाडीहरुले भाग लिने उक्त प्रतियोगिता असोज ८ गते शनिबारदेखि शुरु भएर असोज ११ गते फाइनल प्रतियोगिताको खेल खेलाईने कार्यक्रम रहेको कुरा फाउन्डेसनका अध्यक्ष सुनिल आमात्यले जानकारी दिएका छन् ।

खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र युवाहरुलाई खेलाडीका रुपमा विकास गर्ने लक्ष्य रहेको प्रतियोगिता आयोजकका अध्यक्ष आमात्यले जानकारी दिए । प्रतियोगितामा २६ वटा टोली बिच (पुरुष डबल) प्रतिस्पर्धा हुनेछ । भाग लिने टिमका खेलाडीहरुको नाम यस प्रकार रहेको छ । खेमराज कोइराला र दिपराज कुलुङ राईको जोडी, अजय श्रेष्ठ र रन्जित श्रेष्ठको जोडी, राजेन्द्र पाण्डे र सरोज सापकोटाको जोडी, शिव मगराती र अनुप बुढाथोकीको जोडी, विकास श्रेष्ठ र ओम दुलालको जोडी, ज्ञान लिम्बु र अर्जुन गिरीको जोडी, उमेश व्यान्जु र अम्मर प्रधानको जोडी, राम श्रेष्ठ र लक्ष्मण सिन्धुको जोडी, सत्य लामा र मधु पन्थीको जोडी, विकि र राजेन्द्र बिक्रम थापाको जोडी, जोहन दाइ र सुरेस दघाको जोडी, कुमार अर्याल र दिपक श्रेष्ठको जोडी, रमेश श्रेष्ठ र डम्बरलाल (डेल्टा) श्रेष्ठको जोडी, किरण बस्नेत र दिनेश पोखरेलको जोडी, ज्ञान लामा र कुमार सिपाईको जोडी, सुबास तमाङ र राजेन्द्रको जोडी, मुन्ना र रुपेश मुनार्कमीको जोडी, नारायण गौतम र बालक गुरुङको जोडी, शिब श्रेष्ठ र प्रेम मल्लको जोडी, राम थपलीया र प्रदिप देवकोटाको जोडी, बिनोद कार्की र मेजर राईको जोडी, बिक्रम र आशिस पाण्डेको जोडी, यज्ञ के.सी. र अभिषेक ध्वज राणाको जोडी, शशी लामा र राजकुमार भुसालको जोडी, इच्छाराज श्रेष्ठ र डिके तमाङको जोडी, किरण खड्का र विभुषण पन्थीको जोडी रहेको छ ।

सहभागी २६ टिम मध्ये ६ वटा टिमले बाई पाएर सिधै अन्तिम १६ टिममा पर्न सफल भएका छन । २० टिम बिच भोलि शनिबार प्रतियोगिता गराईदैछ । असोज ९ गते प्रिक्वाटर क्वाटर फाईनलका खेल खेलाईने छ भने असोज १० गते सेमिफाइनल र ११ गते फाईनल खेल खेलाउने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमका खेलाडी द्वयले शिल्ड, प्रमाणपत्र तथा वेष्ट ब्याट्मिन्टन ¥याकेट एक एक थान पाउने छन । यस्तै दोस्रो हुने खेलाडी द्वयले शिल्ड, प्रमाणपत्र तथा ब्याटमिन्टन सुज एक एक जोर र तेस्रो हुने टिमले शिल्ड, प्रमाणपत्र तथा ब्याट्मिन्टन खेल्दा लगाउने र्जसी पाउने छन ।

प्रतियोगिताले खेलाडीहरुलाई शारीरिक र मानशिक रुपमा चुस्त र दुरुस्त राख्न र खेलाडीहरुको अनुशासन कायम गर्नु पनि प्रतियोगिताको उद्धेश्य रहेको आमात्यले बताए । प्रतियोगिताको मिडिया पार्ट्नरका रुपमा सत्याग्रह साप्ताहिक र काठमाडौ न्युजडटकम रहेका छन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *