काठमाडौँ क्षेत्र नं. २ बाट कुन्ती पोखरेलको उम्मेदवारी दर्ता

काठमाडौँ । मंसिर ४ गते हुन गएको प्रतिनिधि सभा तथा प्रतिनिधि सभा चुनावमा राप्रपाबाट कुन्ती पोखरेलले उम्मेदवारी दर्ता गरेकी छन् । उनि काठमाडौँ क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गरेकी हुन् । लामो रस्साकसी पछि पोखरेललाई उम्मेदवार बनाउने निर्णय भएको हो । हिजोसम्म नवराज सिम्खडालाई उम्मेदवार बनाउने भनेर समाचार बाहिर आएको थियो ।

“तपाईहरुको साथ सहयोग चाहिन्छ बहुमतका साथ क्षेत्र नम्बर दुईमा म जित्छु । तपाईहरुको सामु म काठमाडौ क्षेत्र नं २ बाट संसदीय चुनाब लडदै छु” उनले भनिकी छन् । महाधिवेशनमा नम्बर वान भोट ल्याएर जितेको हुनाले आफु क्षेत्र नम्बर २ मा संसदिय चुनाव जित्ने अठोट उनले गरेकी छन् ।

“काठमाडौको क्षेत्र नं २ भनेको राप्रपाको पकड भएको क्षेत्र हो, राप्रपाले संसदिय चुनाब जित्छ जित्छ , कुन्ति पोखरेल आउछ आउछ” भन्दै उनले आफुले जित्ने आधार प्रस्तुत गरेकी छन् । यस्का साथै एता उता केही नगरि सबै साथीहरुलाइ आफुलाई साथ् सहयोग गर्न अनुरोध पनि गरेकी छन् । यश क्षेत्रबाट गठबन्धनबाट ओन्सारी घर्ती मगरले उम्मेदवारी दिएकी छन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *