गगन थापाले भने- अब १० वर्ष राजनीति गरेर स्विच अफ गरेर बाटो लाग्छु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले अबको १० वर्ष सक्रिय राजनीति गरेर बिदा लिने घोषणा गरेका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत ‘मेरो संकल्प अबको १० वर्ष’ शिर्षकमा एक भिडियो सन्देश जारी गर्दै १० वर्ष काम गर्ने र त्यसपछि स्विच अफ गरेर बाटो लाग्ने बताएका हुन् । उनले आफूले नयाँ मान्छेलाई स्थान दिने पनि उल्लेख गरे।

‘म त जम्मा १० वर्ष हो । अब १० वर्ष काम गर्छु, मरेर जति सक्छु गर्छु । ठ्याक्क १० वर्षपछि स्विच अफ गरेर आफ्नो बाटो लाग्ने हो । मैले त नयाँ मान्छेलाई ठाउँ दिने हो । त्यो बेलासम्म यति खतरा नयाँ मान्छे आइसकेको हुन्छ, हुनैपर्छ । कि उनीहरूले हाम्रोभन्दा राम्रो गर्नै पर्‍यो ।’

उनले भिडियो सन्देशमा भनेका छन्, ‘यो बुढाहरूले हामीलाई त्यो गर्न दिएन । हाम्रो बाटो रोक्यो, हामी लडिराछौं फेरि । गर्न दिएन भनेर हात उठाएर हिँडेको होइन ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *