एक महिनामै बेलायतका अर्थमन्त्री बर्खास्त

काठमाडौँ । बेलायती प्रधानमन्त्री लिज ट्रसले अर्थमन्त्री क्वासी क्वार्टेङ्गलाई बर्खास्त गरेकी छन् । बेलायतको आर्थिक संकट बढ्दै गएको अवस्थाका प्रधानमन्त्री ट्रसले अर्थमन्त्रीलाई बर्खास्त गरेकी हुन् । उनको यो निर्णयसँगै वर्तमान आर्थिक अवस्थाबारे सरकारको सङ्कट थप बढ्न सक्ने विश्लेषण गरिएको छ ।

उनी सेप्टेम्बरमा प्रधानमन्त्री ट्रसले उनलाई बेलायतको अर्थमन्त्री बनाएकी थिइन् । ट्रस प्रधानमन्त्रीको रुपमा आफ्नो लोकप्रियता गुमाइरहेको बेला अर्थमन्त्रीलाई हटाएर उनको संकट झन् बढेको विश्लेषण गरिएको छ । केहि साता अघि मात्र उनको लोकप्रियता बोरिस जोन्सनको पार्टी गेट काण्डभन्दा धेरै कम रहेको सर्वेक्षणहरुले देखाएका थिए ।

यसैबीच बेलायतको कन्जरभेटिभ पार्टीका विद्रोही नेताहरूले ट्रसलाई पार्टीको नेता र प्रधानमन्त्रीबाट हटाउने योजना बनाएको समेत बताइएको छ । यसमा प्रतिद्वन्द्वी ऋषि सुनकको क्याम्पका मानिस संलग्न रहेको बताइएको छ ।

हालै भएको टाइम्सको लागि यूगभ ९थ्यगन्यख० पोलले टोरी पार्टीका लगभग आधा समर्थकहरूले नेतृत्वको चुनावमा पार्टीले गलत उम्मेदवार छानेको विश्वास गरेको निष्कर्ष निकालेको छ । यो सर्वेक्षणले गत चुनावमा कन्जरभेटिभलाई मतदान गर्नेहरू मध्ये ६२ प्रतिशतले ट्रस र सुनकबीचको प्रतिस्पर्धामा पार्टीका सदस्यहरूले गलत छनौट गरेको बताएका थिए भने १५ प्रतिशतले उनीहरूले सही निर्णय गरेको बताएका थिए ।

टोरी सांसदहरूले संसदीय दलभित्र सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारको विकल्पमा विचार गर्न थालेका छन्, उनका सहयोगी दलका अग्रपंक्तिमा रहेका ऋषि सुनक र तेस्रो स्थानमा कमन्सका नेता पेनी मोर्डन्ट छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *