युवालाई स्वदेशमा रोजगारी सिर्जना गर्न मेरो उम्मेदवारी ः विनोद चौधरी


काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरुको समस्या समाधानमा सहयोग गर्न आग्रह गरेका हुन् ।
उनले अब योजना र भिजन भएका युवाहरु राजनीतिमा आउनुपर्ने बताए । चौधरीले मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा,शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरुको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए । युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको बताए । चौधरीले सबै चार्टर्ड एकाउण्टेन्ट्सहरुलाई भेटेर भोट माग्ने आकांक्षा रहेपनि सम्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *