विश्व भोकमरी सूचकाङ्कमा भारत नेपालभन्दा २४ औं स्थानमा माथि

काठमाडौँ । विश्व भोकमरी सूचकाङ्क (जीएचआइए) मा भारत १०७ औं स्थानमा रहेको रिपोर्टको विषयमा भारतको केन्द्रको मोदी सरकारले कडा प्रतिक्रिया दिएको छ । सरकारले जीएचआई सम्बन्धी विज्ञप्ति जारी गर्दै यो सूचकाङ्कले भारतको छवि खराब पारेको भन्दै ‘भोक मापन गर्ने तरिका गलत’ भएको बताएको छ ।

विश्वभर भोकमरी र कुपोषणको अवस्था देखाउने विश्व भोकमरी सूचकांकको प्रतिवेदन सार्वजनिक भएको छ । जसमा भारत १२१ देशमध्ये १०७ औँ स्थानमा छ । यो सूचकाङ्कमा भारतको स्थिति नेपाल, पाकिस्तान, श्रीलंका र बंगलादेशभन्दा खराब छ । नेपाल ८१ औँ स्थानमा रहेको छ । गत वर्ष ११६ राष्ट्रको वरियतामा नेपाल ७६ औँ स्थानमा थियो ।

यस सूचकाङ्कमा दक्षिण एसियामा श्रीलंका सबैभन्दा राम्रो स्थानमा छ । आर्थिक समस्या झेलिरहेको श्रीलङ्का यस सूचकाङ्कमा ६४ औँ स्थानमा रहेको छ । यस सूचकाङ्कमा भारतलाई १०७ औँ स्थानमा राखेपछि भारत सरकारको महिला तथा बाल विकास मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा के भनिएको छ ?

मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘भारतको छविलाई निरन्तर धमिलो पार्ने कार्यले एक राष्ट्रको रूपमा यसले आफ्नो जनसंख्याको खाद्य सुरक्षा र पोषण आवश्यकताहरू पूरा गर्न नसक्ने देखाएको छ । वार्षिक रुपमा जारी हुने ग्लोबल हंगर इन्डेक्सको रिपोर्ट गलत छ । ग्लोबल हंगर इन्डेक्स सन् २०२२ आयरल्याण्ड र जर्मनीको गैर–सरकारी संस्था कन्सर्न वर्ल्ड वाइड एन्ड बेल्ड हंगर हिल्फले जारी गरेको हो जसमा भारतलाई १२१ देशमध्ये १०७ औँ स्थानमा राखिएको छ ।’

भारतले भन्यो, ‘यो सूचकाङ्क भोक मापन गर्ने गलत विधि हो र मापन गर्ने तरिका गम्भीर समस्याबाट ग्रस्त छ । सूचकाङ्क मापन गर्ने चारमध्ये तीन विधि बालबालिकाको स्वास्थ्यसँग मात्र सम्बन्धित छन् र सम्पूर्ण जनसंख्याको प्रतिनिधित्व नहुन सक्छ।’ ग्लोबल हंगर इन्डेक्सको अंक विशेष गरी कुपोषण, गम्भीर नवजात कुपोषण, बालबालिकाको वृद्धि र बालमृत्युदरका चार सूचकहरूको मानमा मापन गरिन्छ ।

भारतले यस रिपोर्टमा जवाफ दिँदै भनेको छ, ‘कुल जनसंख्यामा कुपोषणको अनुपात ९पिओयू०, यो सूचकाङ्कको चौथो र सबैभन्दा महत्त्वपूर्ण मापन हो, तर त्यो पनि एक जनमत सर्वेक्षणमा आधारित छ जसमा ३००० को एउटा सानो स्याम्पल साइज लिइएको छ ।’

मन्त्रालयले आफ्नो विज्ञप्तिमा थपेको छ, ‘यो सर्वेक्षण मोड्युल खाद्य र कृषि संगठन ९एफएओ० को खाद्य असुरक्षा अनुभव स्केल ९एफआईइएस० मा आधारित छ जसलाई गेलप वर्ल्ड पोलले पूरा गरेको छ जुन एक जनमत सर्वेक्षण हो । यो आठ प्रश्नमा आधारित छ । यसमा ३ हजार उत्तरदाताहरुको एउटा सानो स्याम्पल साइज छ ।’

एफआईइएसमार्फत् भारतजस्तो देशको कुपोषण अवस्था पत्ता लगाउनु गलत मात्र नभएर अनैतिक रहेको र यसले प्रष्ट पक्षपात मात्र देखाएको विज्ञप्तिमा लेखिएको छ । मन्त्रालयले ग्लोबल हंगर इन्डेक्स जारी गर्ने संस्था कन्सर्न वर्ल्ड वाइड एण्ड वेल्थ हंगर हिल्फ बारेमा प्रतिवेदन जारी गर्नुअघि उचित मेहनत नगरेको स्पष्ट पारेको छ ।

भारतले भनेको छ, ‘यो प्रतिवेदन वास्तविकताबाट मात्र टाढा नभई सरकारले आफ्ना जनतालाई खाद्य सुरक्षा प्रदान गर्न गरिरहेको प्रयासलाई पनि जानाजानी बेवास्ता गरेको छ । विशेष गरी कोविड महामारीको समयमा प्रदान गरिएको सहयोगलाई ।’

ग्लोबल हंगर इन्डेक्स के हो ?

विश्व भोकमरी सूचकाङ्क विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको विस्तृत मापन गर्ने र त्यसमाथि निगरानी राख्ने एक माध्यम हो । जीएचआईको स्कोर सामान्यतया कुपोषण, शिशुमा देखिएको गम्भीर कुपोषण, बच्चाको विकासमा अवरोध र बाल मृत्यु दरजस्ता चार संकेतका आधारमा मापन गरिन्छ ।

जीएचआईको कुल १०० अंक हुन्छ, जसको आधारमा देशको भोकमरीको गम्भीरताको स्थिति देखाइएको छ । अर्थात् कुनै देशको अङ्क शून्य छ भने त्यो राम्रो अवस्थामा छ र कसैको १०० अंक छ भने त्यो निकै खराब अवस्थामा छ ।

भारतको स्कोर २९.१ छ जुन निकै गम्भीर श्रेणीमा पर्दछ ।

यसबाहेक, कुल १७ शीर्ष देशहरू छन् जसको स्कोर ५ भन्दा कम छ । यी देशहरूमा चीन, टर्की, कुवेत, बेलारुस, उरुग्वे र चिलीलगायत समावेश छन् ।

बीबीसी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *