अपडेट: इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

काठमाडौं । इलाम-२ र बझाङमा अहिले उपनिर्वाचनको मतदान जारी रहेको छ ।

जारी निर्वाचनमा अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत र बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी गराएको थियो । अहिलेसम्म सबै मतदानस्थल र केन्द्रहरूमा शान्तिपूर्ण तवरले मतदान चलिरहेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा १ का सम्पूर्ण मतदानस्थल र केन्द्रहरूमा शनिबार बिहान ७ बजेदेखि मतदान सुरू भएको थियो ।

आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ । अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा संचालन भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *