आइएमईको उत्सव अफरको सातौँ हप्ताको नतिजा घोषणा


काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल संवतजस्ता चाडपर्वका अवसरमा आइएमईले आमसेवाग्राहीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी अफरअन्तर्गत सातौँ हप्ताका विजेता सार्वजनिक गरेको छ। पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजाअनुसार सेवाग्राही यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ सातौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन्। संयुक्त अरब इमिरेट्स र मलेसियाबाट आइएमईमार्फत पैसा पठाउने विजेताद्वयले जनही २५ हजार प्राप्त गर्नेछ। त्यस्तै सेवाग्राही गमबहादुर पुन, विष्णु बीके, मन्तोष लिम्बू, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी साह हलुवाई र सुस्मिता रानामगर दैनिक विजेता छनोट भएका छन्। उनीहरु प्रत्येकले एक–एक सेट सामसुङ मोबाइल उपहारस्वरुप प्राप्त गर्नेछन्।
आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित रही यस पटकको स्किम सञ्चालन हुनेछ। अफरअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एकजनालाई सामसुङ मोबाइल उपहारस्वरुप प्रदान गरिनेछ। यसका साथै हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रु। २५ हजार उपहारस्वरुप प्रदान गरिनेछ।
त्यस्तै अफर अवधिमा एकजना भाग्यशाली विजेतालाई रु। १० लाख उपहारस्वरुप प्रदान गरिनेछ।
कुल ८२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थिममा आधारित हुनेछ। उक्त अफर २०७९ साल भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म कुल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ।
यससम्बन्धी विस्तृत जानकारीका लागि कम्पनीको आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित हाम्रा सम्पर्क कार्यालयहरु, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयहरुका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ। अफरलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि कम्पनीले सञ्चालन गरेका सेवा र सर्तहरुको अक्षरस पालन गर्नु गराउनुपर्नेछ। अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्रमार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरु तथा मिडियामार्फत सार्वजनिक गरिनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *