काठमाडौँ–८ मा ४० उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ मा ४० उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

काठमाडौँ क्षेत्र नं ८ बाट दुई प्रदेशसभा र एक प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ३१ र नौ स्वतन्त्र उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं ८ प्रदेससभा १ मा दलका तर्फबाट आठ र स्वतन्त्र उम्मेदवार एक गरी नौ उम्मेदवार छन् । प्रदेशसभा २ मा दलतर्फ सात र स्वतन्त्र पाँच गरी १२ उम्मेदवारी परेको छ । क्षेत्र नं ८ को प्रतिनिधिसभा सदस्यका लागि दलका तर्फबाट १६ र स्वतन्त्रबाट तीन गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेश १ मा ३० हजार ४९ र प्रदेश २ मा २३ हजार ५७ गरी उक्त क्षेत्रमा जम्मा ५३ हजार एक सय ६ मतदाता रहेको अधिकारीले बताए । जम्मा २३ मतदानस्थल रहेको निर्वाचन क्षेत्र नं ८ भित्र ६१ मतदान केन्द्र निर्धारण गरिएको छ । उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाका ६ र नागार्जुन नगरपालिकाका दुई वडा समेटिएका छन् । यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाका १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका वडा नं ४ र ५ समेटिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *