५ वटा ग्यास सिलिन्डर पड्किएर होटलमा आगलागी


हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्क नजिक तरकारीको थोकबजारसँग जोडिएको होटलमा दिउँसो आगलागी भएको छ। आगलागीपछि ग्यास सिलिन्डर पड्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार तिहारका बेला होटल मालिक मीना साह होटल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएपछि एकपछि अर्कोगरी पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको हो। आगलागीको घटनापछि हेटौंडा उपमहानगरपालिकाको दुइटा दमकलले एक घन्टापछि आगलागी नियन्त्रणमा लिएको थियो।
आगलागीबाट तरकारीको थोक बजारमा केही क्षति पुगेको छ। प्रहरीले आगलागीबाट मानवीय क्षति नभएको र होटलमा भने पूर्ण रूपमा क्षति पुगेको तथा भौतिक क्षतिको विवरण आइनसकेको जानकारी दिएको छ। होटल मालिक मीना साहले गरगहना र नगदसहित करिब २० लाखको क्षति भएको बताइन्।
प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने जानकारी दिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *