सिप्रदीले गर्‍यो टाटा प्रोटेक्ट अन्तर्गतका सेवा–सुविधा


काठमाडौं । टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि टाटा प्रोटेक्ट अन्तर्गतका सेवा–सुविधा विस्तार गरेको छ । एक विशेष कार्यक्रमका बीच सिप्रदीले ग्राहकका लागि टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधा शुभारम्भ गरेको हो ।
टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवाको प्रत्याभूती प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती प्रदान गर्ने उदेश्यले सन् २०१९ मा कम्पनीले टाटा प्रोटेक्ट सुरु गरेको कम्पनीको भनाइ छ । कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त प्रमुख व्यावसायिक लक्ष्य विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट विक्रीपछिको सेवाहरु प्रदान गर्नु रहेको बताए । ग्रहाकको आकांक्ष बमोजिम टाटा प्रोटेक्ट अन्तर्गतका सेवा तथा सुविधाहरुले ग्राहकलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्ने र ग्रहकहरुलाई ढुक्क भई आफ्नो व्यवसायमा ध्यान केन्द्रित गर्न सहयोग पुग्ने उनको भनाइ छ ।टाटा मोटर्सका उपाध्यक्ष, इन्टरनेसनल विजनेस एण्ड स्ट्राटेजी, कमर्सियल भेहिकल विजनेस अनुराग मेहरोत्राले टाटा मोर्टस आफ्ना ग्राहकहरुलाई विश्व स्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको र टाटा प्रोटेक्ट विश्व बजारमा लागु भएपछि टाटा मोटर्सका ग्राहकहरुको सन्तुष्टिको स्तरमा वृद्धि भई गाडी बिक्री तथा प्रबर्द्धनमा पनि सहयोग मिलेको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *