हामी जनतालाई विकास दिन्छौँ : पूर्वमन्त्री गुरुङ

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले मङ्सिर ४ गते हुने निर्वाचनबाट एमालेको बहुमत आउने दाबी गरेका छन् । तनहुँको दुलेगौँडामा आज आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री गुरुङले जनताको आकर्षण एमालेप्रति बढेकाले एमालेले बहुमत ल्याउने र त्यसपछि जनतालाई विकास दिने बताएका छन् । निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने गुरुङको भनाइ थियो । “एमालेको बहुमत आएपछि हामी जनतालाई विकास दिन्छौँ,” गुरुङले भने ।

तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङले यो क्षेत्रमा विगतमा एमाले नेतृत्वमा भएका विकासका कामलाई निरन्तरता दिन जनताले मूल्याङ्कन गर्ने समय भएको बताएका छन् । सोही कार्यक्रममा नेकपा एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्र नम्बर २ का चार सय ६१ जना एमालेमा समाहित भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *