एनएमबि बैंक र युएसऐड ट्रेडबीच अमेरिकी डलर लगानी भित्र्याउन सहकार्य


काठमाडौं । एनएमबि बैंकले ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युएसऐड ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्यपत्रमा हस्ताक्षर गरेको छ । यस सहकार्य अन्तर्गत बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरुको लागि वित्तीय पहुँच बढाउने छ । यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्ध हुन प्रवद्र्धन गर्नेछ ।युएसऐड ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुको लागी दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरू बढाउनको सहयोग गर्दछ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *