बहुमत हासिल गर्दै इजरायलमा नेतान्याहुको कमब्याक

काठमाडौँ । बेन्जामिन नेतान्याहुले इजरायलको सरकारमा कम्ब्याक गरेका छन् । ‘टाइम्स अफ इजरायल’को रिपोर्टका अनुसार उनी बहुमतका साथ सत्तामा फर्किएका हुन् । नोभेम्बर ३ मा भएको अन्तिम चरणको मतगणनामा नेतान्याहुको लिकुड पार्टीसहितको गठबन्धनले १२० सिटमध्ये ६४ सिट जितेको छ ।

बहुमतका लागि आवश्यक ६१ सिट रहेको थियो । इजरायलमा विगत चार वर्षमा पाँचौं पटक भएको चुनावले एक पक्षलाई बहुमत दिएपछि अब राजनीतिक स्थिरता हुने अनुमान गरिएको छ । ७३ वर्षीय बेन्जामिन नेतान्याहु सन् १९९६ देखि १९९९ र सन् २००९ देखि २०२१ सम्म १५ वर्ष इजरायलको प्रधानमन्त्री भइसकेका छन् । न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार नेतन्याहु नोभेम्बर १५ पछि औपचारिक रूपमा प्रधानमन्त्री नियुक्त हुनेछन् । यसैबीच, इजरायल स्टेट प्रोटोकल अनुसार राष्ट्रपति इसाक हर्जोगले नेतान्याहुलाई सरकार गठन गर्न समय दिनेछन् ।

मतगणना सकिएपछि उनका प्रतिद्वन्द्वी तथा प्रधानमन्त्री यायर लापिडले हार स्वीकार गरेका छन् । उनको पार्टीले ५१ सिट जित्न सफल भएको छ । बेन्जामिन नेतान्याहुलाई बधाई दिँदै उनले सबै विभागलाई सत्ता हस्तान्तरण गर्न आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको बताए । पराजय स्वीकार गरेपछि येर ल्यापिडले भने- ‘इजरायल र यसका नागरिकहरू कुनै पनि राजनीतिभन्दा माथि छन् । म नेतन्याहुलाई विजयको लागि बधाई दिन्छु ।’

नेतन्याहु ब्लकमा ८ जना मात्रै महिला छन्, किनभने अति-कन्जरभेटिभ पार्टीहरूले महिलालाई टिकट नदिने गरेका छन् । जबकि ल्यापिडको सरकारमा ३० जना महिला थिए । जुन २०२१ मा इजरायलमा सत्ता परिवर्तन भएको थियो र नफ्ताली बेनेटलाई प्रधानमन्त्री बनाइयो । उनको सरकार लामो समय टिकेन र इजरायली संसद ३० जुन २०२२ मा विघटन भयो । त्यसबेलादेखि बेनेट सरकारमा दोस्रो नम्बरमा रहेका नफ्तालीले कार्यवाहकको जिम्मेवारी येर लापिडलाई सम्हाल्दै आएका थिए, अर्थात् उनी कार्यवाहक प्रधानमन्त्री थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *