सिटी एक्सप्रेसमा युकेबाट पैसा पठाउँदा नुनाले जितिन् १ तोला सुन


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ‘ योजना अन्तर्गत दोस्रो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विधुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना गुरुङले १ तोला सुन जित्न सफल भएकी छिन् ।
योजना अन्तर्गत असोज १२ देखी कार्तिक १५ गते सम्म दोस्रो चरणको अन्य पाँच जनाले साप्ताहिक उपहार १०।१० तोला चाँदी जित्न सफल भएका छन् ।
साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रबिन्द्र मानन्धर, कुवेतबाट सुनिता दराई, ईराकबाट सुशिला तामाङ साथै कुवेतबाट रेमिटान्स पठाउने हसन मोहम्मद नाउ गरी ५ जनाले १०।१० तोला चाँदी जित्न सफल भएका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ‘ उपहार योजना घोषणा गरेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ ।
कम्पनीका अनुसार यस ‘बिदेशबाट सिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायो’ अफर भदौ १५ गते देखि कार्तिक १५ गते सम्म चलेको हो । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिएको हो । कम्पनीले अब छिट्टै ५ तोला सुन जित्ने बम्पर बिजेताको नाम पनि लक्की ड्र मार्फत हुने जानकारी गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *